आजको राशिफल बि सं २०८२ वैशाख ३१ गते बुधवार, ई.सं २०२५ मे १४ नेपाल सम्बत ११४५ बछलागा द्वितीया, सिद्धार्थि नाम, संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, जेष्ठ कृष्णा द्वितीया, चन्द्रमा बृश्चिक राशिमा, सुर्य मिन राशीमा, करणः तैतिल, योगः परिघ । आज नेपालमा सूर्योदय बिहान ०५ः१८ मा भएको छ, सूर्यास्त साँझ ०६ः४४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १३ मिनेट देखि ८ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेकोछ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग, व्यापारमा तथा शेयरबजारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पत्तिक तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । स्कुल, कलेज, शेयरबजार, बैक तथा वित्तीय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपहार तथा विलाशी बस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । वंश बृद्धिको योगलाई नकार्न सकिदैन ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथीको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रसस्त समय खर्चिए पनि उपलब्धी न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययनविना चल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दापछि परिने चिन्ताले सताउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईंबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाईहरु खुशी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ , व्यापार वा शेयरबजारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुशी रहनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी बिना नै महत्वपूर्ण काम शुरु गर्दा बिग्रनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका आजको दिन टाडै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । र, पनि विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरकारी तथा पैत्रिक धन तथा सम्पत्ति प्रयोगमार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुने छन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा विद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठानतिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको सहभागिता उच्च स्तरको रहनेछ ।