आजको राशिफल बि.सं २०८२ जेष्ठ १२ गते सोमवार ई.सं २०२५ मे २६ नेपाल सम्बत ११४५ बछलागा चतुर्दशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण चतुर्दशी , चन्द्रमा मेष राशिमा, भरणि नक्षत्र, सौभाग्य योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ०९ मिनेट देखि ०६ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा बटसावित्री व्रत रहेको छ ।
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्रपंक्तिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सेयर बजार तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एक कदम अगाडी आउनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समयानुकूल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । अध्ययन वा कामको सवालमा यात्राको हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ । कृषि औजार तथा कृषि क्षेत्रको व्यापारबाट नाफा कमाउन सकिनेछ । सेयर बजार, व्यापार तथा वैदेशिक क्षेत्रको कमाइमा बढोत्तरीको योग रहेको छ । प्रेम सम्बन्ध सुमधुर हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मध्यान्हबाट खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घर परिवार तथा समाजमा तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार तथा सेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरू खुसी हुनेछन् । नयाँ प्रेम प्रस्ताव आउनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलतापूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरू दिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ । जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । वित्तीय बजारमा आज गरिने लगानीबाट आम्दानी हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईंको आलोचना गर्नेहरू बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन ग्रहयोग रहेको छ । बिहानको समय राम्रो रहेकोले शिक्षा क्षेत्रमा राम्रो प्रतिफल हात लागी हुनेछ । सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरि नाम कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । मन परेको मानिससँग यात्रा हुने तथा मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यतीत हुनेछ । आफन्त तथा आमाको सहयोगले राम्रा काम गर्न सकिनेछ । साँझपख सामान्य स्वास्थ्य समस्या बढ्नाले अध्ययनमा बाधा हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । उद्योग वा सेयर बजारमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक दुई कदम अगाडि बढी अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरूसँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ ।