आजको राशिफल बि.सं २०८२ असार ७ गते शनिवार

0
2

आजको राशिफल बि.सं २०८२ असार ७ गते शनिवार, ई.सं २०२५ जुन २१, नेपाल सम्बत ११४५ तक्षालाग दशमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष दशमी, याेगिनी एकादशी ब्रत, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बब, योगः अतिगण्ड । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०७ः०१ मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १७ मिनेट देखि ९ बजेर ३७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटो व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहोलमा मिष्टान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तर पनि पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा प्रियजन सँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । र पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बिलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समय मध्यमय रहेकोले जनताको समर्थन पाइने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धी लफडा पर्न सक्छ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने वा घरबाट टाढा जानु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ । र पनि सवारी साधन तथा जग्गा सम्बन्धी कामबाट आम्दानी हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धन स्थानमा  गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्टान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङकार उपहार पाइनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविस्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको सिलसिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here