आजको राशिफल: बि.सं. २०८२ असार २१ गते शनिबार ई.सं. २०२५ जुलाइ ०५ तारिख

0
1

आजको राशिफल बि.सं. २०८२ असार २१ गते शनिबार ई.सं. २०२५ जुलाइ ०५ नेपाल सम्बत ११४५ दिल्लाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल दशमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्ध योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५७ मिनेट देखि ०८ बजेर ४० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तराष्ट्रिय सहकारी दिवस पनि रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ योजना बनेर कार्यान्वयनको मौका पाउनेछ। आम्दानीका स्रोत फेला पर्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक काममा सुधार आउन सक्छ। पारिवारिक भेटघाट वा रमाइलो यात्रा सम्भव छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाइ लेखाइ वा ज्ञानमा सुधार आउनेछ। शुभ समाचार सुन्न पाइनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना समस्याको समाधान हुने संकेत छ। आत्मबल बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। आर्थिक लाभका संकेत छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामको प्रशंसा हुनेछ। आत्मविश्वास बढ्नेछ। साथीहरूसँग समय बित्न सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। मान–सम्मान बढ्ने संकेत छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो विचार व्यक्त गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ। खर्च बढ्न सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
सामाजिक कार्यमा सक्रिय भइनेछ। सहयोगीहरूले साथ दिनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गा)
व्यवसायमा राम्रो फाइदा मिल्नेछ। घरायसी कार्यमा व्यस्तता बढ्न सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पुराना साथीभाइहरूसँग भेटघाट हुनेछ। यात्रामा लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धेरै बोल्नु भन्दा शान्त रहनु राम्रो हुनेछ। मानसिक तनाव कम हुनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक २ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here