आजको राशिफल बि.सं. २०८२ असार १५ गते आइतबार ई.सं. २०२५ जुन २९ नेपाल सम्बत ११४५ दिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल चतुर्थी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वज्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३९ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज राष्ट्रिय धान दिवस तथा दहिचिउरा खाने दिन पनि रहेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा जुट्न ऊर्जा मिल्नेछ। नयाँ योजना बन्नेछ र केही महत्वपूर्ण निर्णय लिने अवसर आउन सक्छ। साथीभाइ वा परिवारको साथमा समय बिताउन पाउँदा मन प्रफुल्ल रहनेछ। शुभ रङ: रातो | शुभ अंक: ९
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन लाभका संकेत देखिन्छन्। पहिलेको लगानीबाट फाइदा लिन सकिनेछ। पारिवारिक वातावरणमा मेलमिलाप बढ्नेछ। परोपकारी काममा रुचि बढ्न सक्छ। शुभ रङ: सेतो | शुभ अंक: २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रा वा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। विचार गर्दा पनि मन स्थिर नहुन सक्छ। तर, पुराना समस्याहरूको समाधान खोज्ने दिन हो। शुभ रङ: निलो | शुभ अंक: ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। आत्मविश्वास बढ्नेछ र सहयोगीहरूको समर्थन प्राप्त हुनेछ। शारीरिक ऊर्जा राम्रो रहनेछ। शुभ रङ: खैरो | शुभ अंक: १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्ममा जोश आउन सक्छ तर एकोहोरिनु राम्रो हुँदैन। वैदेशिक कार्यमा सफलता मिल्न सक्छ। प्रेमसम्बन्धमा सामान्य असमझदारी देखिन सक्छ। शुभ रङ: सुन्तला | शुभ अंक: ५
कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ)
पढाइ लेखाइमा प्रगति देखिन्छ। सानातिना विवाद टर्ने सम्भावना छ। आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ। दाजुभाइको साथ र समर्थन मिल्नेछ। शुभ रङ: हरियो | शुभ अंक: ७
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक वा सांस्कृतिक कार्यमा सरिक भइनेछ। परिवारमा मेलमिलाप कायम हुनेछ। व्यापारमा राम्रै लाभ हुने समय हो। स्वास्थ्यमा सुधार आउनेछ। शुभ रङ: गुलाबी | शुभ अंक: ३
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षमताको उचित प्रयोग गर्नुपर्ने दिन हो। प्रतिस्पर्धीहरू पछाडि पर्नेछन्। पारिवारिक साथ र समर्थन रहनेछ। तर, बोल्दा सजग रहनुहोस्। शुभ रङ: खैरो | शुभ अंक: ६
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
नयाँ ठाउँ वा व्यक्तिसँग सम्पर्क बढ्नेछ। अध्ययन, व्यापार वा यात्रामा सफलता मिल्नेछ। मनोबल उच्च रहनेछ। प्रेमसम्बन्धमा मिठास आउन सक्छ। शुभ रङ: बैजनी | शुभ अंक: ८
मकर (भो, जा, जि, जु, जे, जो, ख, गा, गि)
कामको चाप बढ्न सक्छ तर परिणाम सकारात्मक नै रहनेछ। रोकिएको रकम फिर्ता हुन सक्छ। मान्यजनसँगको भेट लाभदायक रहनेछ। शुभ रङ: कालो | शुभ अंक: ५
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारी वा सहकार्यमा सफलता मिल्ने समय छ। बौद्धिक काममा रुचि बढ्नेछ। आत्मबल बलियो बनाउनुहोस्, निर्णयहरू दृढ बनाउन सहयोग मिल्नेछ।शुभ रङ: पहेँलो | शुभ अंक: ६
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा दुविधा हुन सक्छ तर धैर्य गरेर अघि बढेमा लाभ पाउन सकिनेछ। आर्थिक मामिलामा सुधार देखिन्छ। मित्रसँगको सम्बन्ध बलियो बन्नेछ। शुभ रङ: गाढा निलो | शुभ अंक: २