आजको राशिफल: आज बि.सं.२०८१ पुष १८ गते बिहिवार ।

0
4

बि.सं.२०८१ पुष १८ गते बिहिवार,  ई.सं.२०२५ जनवरी २ नेपाल सम्बत ११४५ पोहेलाथ्व तृतिया , कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल तृतिया, पञ्चाङ्ग: हर्षण तैतल श्रवण, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५४ बजे, सूर्यास्त साँझ ०५: २० बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५४ मिनेट देखि ०८ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नयाँ वर्ष आरम्भ/टोपी दिवस रहेको छ । 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्तसँगको लेनदेनको कारोबारले शत्रुत्रा बढाउनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्ने तथा श्रीमान श्रीमतीबीचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । र, पनि आर्थिक क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट लाभ लिन सकिनेछ ।

बृष (इ, ऊ,ए,ओ,वा,वी,वु,वे,वो) लामो दुरीको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटन सम्बन्धी व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । प्रविधिको प्रयोग मार्फत काम वा अध्ययनलाई अघि लढाउन सकिनेछ । राज्यको नजिक भई काम गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले नसोचेको धन तथा सम्पत्ति हात लाग्नसक्छ । गहिरो अध्ययन तथा अनुशन्धानमा जुट्नु पर्ने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । र, पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) आवश्यक पर्दा साथ दिनेहरु प्रस्स्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइने छ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मुलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउदा ख्याल गनुहोला चोट पटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो हुनेछ भने न्यायिक निर्णयहरु तपाईंको पक्षमा आउने छैनन् । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाइकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग छ । बैक तथा वित्तीय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरु गर्न  सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद विक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृड हुनेछ भने प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाल प्रतिष्ठामा बृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू) दौडधुप तथा लामो खटाइले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईंको पक्षमा नआउने तथा नया विवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आए पनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफुभन्दा ठूला तथा प्रतिष्ठित व्यक्तिहरुसँग विवाद बढ्ने योग छ । र, पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रसस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरु खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । आर्थिक क्षेत्र वा शेयर बजार सम्बन्धी कामबाट लाभ लिन सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था एनजीओ तथा आईएनजीओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहनेछ । खर्च बढेपनि उपलब्धिमूलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) परिवार,आफन्त र ईष्टमीत्रसँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईंको सम्मानजनक उपस्थिति रहनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीमा बढोत्तरीको योग रहेकोछ ।

तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here