आजको राशिफल: आज बि.सं.२०८१ पुस ६ गते शनिवार, ई.सं.२०२४ डिसेम्बर २१, नेपाल सम्बत ११४५ थिंलाथ्व सप्तमी।

0
2

आज विक्रम संवत २०८१ साल पौष ६ गते, शनिबार । ईश्वी सन् २०२४ डिसेम्बर २१ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष कृष्णपक्ष । तिथि–षष्ठी, १७ घडी ४६ पला, दिउसो १ बजेर ५८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पूुर्वाफाल्गुनी, अहोरात्र । योग–प्रिती, ३५ घडी १० पला, बेलुकी ८ बजेर ५६ मिनेट उप्रान्त आयुष्मान । करण–वणिज, दिउसो १ बजेर ५८ मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ४३ मिनेट उप्रान्त बव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ११ मिनेट । दिनमान २५ घडी ५० पला ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ५० मिनेट देखि ९ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगती देख्न पाईनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपाहार पाईने हुनाले मन प्रशन्न हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाईलो ठाउको भ्रमण हुनेछ । पहिरन, खाद्यान्न तथा सुन्दरताको सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) समय राम्रो रहेकोले सवारी साधन र घरजग्गाको कारोबारबाट लाभ लिन सकिनेछ । आमा वा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । सिजनेवल सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । राननीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
 
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पारिवारिक असमझ्दारिले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग बिवाद बढ्ने योग छ । कुनै पनी काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । र, पनि खेल क्षेत्रमा चासो बढ्ने वा सहभागी हुन पाउन मन प्रशन्न हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । सांगीतिक तथा मनोरञ्जानात्मक यात्रा हुने तथा खानपानमा समय व्यतित हुनेछ ।

सिहं (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) व्यापारमा समय दिए अनुसार आम्दानी नहुने हुनाले दैनिक काम तथा थप लगानी गर्ने वातावरण बन्ने छैन । जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि हुने भएपनि काम गर्नको लागि कसैको सहयोग पाइने छैन । आम्दानीको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । र, पनि छोटो दुरीको  रमाइलो यात्रा हुने तथा खेलकूद तथा पराक्रमी क्रियाकलापमा प्रत्यक्ष सहभागी हुन पाउदा मन प्रफुल्ल हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) आफन्त तथा साथीभाइको सल्लाह मानेर अगाडि बढ्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । विदेशी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । माया प्रेममा नजिक हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न  सकिनेछ । सामाजिक तथा कल्याणकारी कामबाट नाम कमाउन सकिनेछ । खेलकूद तथा मनोरञ्जनमा खर्च हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ भने संयसमित नभए अप्रिय घटना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग छ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उचित हुनेछ । र, पनि खेलकूद, भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

बृश्चिक ( तो,ना,नि,नु,ने,नो,या, यि,यु) प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा विवाद हुने योग रहेकोछ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावी हुनेछन् । व्यापारमा मन्दी आउनेछ । प्रेमम नजिक हुने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउनेछ । र, पनि लामो दुरीको यात्रा हुनेछ । खेल क्षेत्रमा चासो बढ्नेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासील गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाईलो ठाउँको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा बृद्धि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अविश्वास गरेपनि अन्तत विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना छ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी छ ।

कुम्भ (गु,गे,गो,सा, सि,सु,से,सो,दा) रमाइलो यात्रा हुने सम्भावना छ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले धन आर्जन गर्न सक्नेछन् । व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग छ । खानपान तथा खेलकूदमा समय व्यतित हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लगानी गर्नको लागी केही समय पर्खनु नै उचित हुन्छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना छ।

तपाईंको दिन शुभ रहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here