अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर

0
13

काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । शुक्रबार सार्वजनिक गरेको ब्याजदरअनुसार सञ्चालित २० वाणिज्य बैंकमध्ये ६ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् । तर, चार वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । १० वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन् ।

असारका लागि २० वाणिज्य बैंकको औसत ब्याजदर ६.८७६ प्रतिशत छ । जेठमा यी वाणिज्य बैंकको औसत ब्याजदर ६.९७३ प्रतिशत थियो ।

ब्याजदर बढाउनेमा हिमालयन, सिद्धार्थ, नबिल र माछापुच्छ्रे बैंक छन् । जेठ महिनाको तुलनामा असारका लागि हिमलयन बैंकले ०.७५ प्रतिशत विन्दुले ब्याज बढाएको छ भने सिद्धार्थ बैंकले ०.५० प्रतिशत विन्दु र नबिल र माछापुच्छ्रे बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।
पछिल्ला दिनमा बैंकमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । मुद्दती निक्षेपमा कम ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न कम आउने गर्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ । यही भएर पनि बैंकहरूले निक्षेप आकर्षण गर्नतर्फ लागेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here